हलेसी मन्दिरको गेटमा तेस्राेपल्ट ताला, पूजाआजामा राेक

खोटाङ, ९ माघ /कोभिड-१९ को तेस्राे लहर सुरु भएपछि खोटाङको त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

कोभिडको महामारी बल्झिएपछि हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसी मन्दसरको गेटमा ताला लगाइएको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि हलेसीको गेटमा ताला लगाइएको हलेसी महादेवस्थान विकास समितिका सदस्य सचिव सर्वधन बस्नेतले बताए ।

दैनिक बिहान र बेलुका हुँदै आएको नित्य-नैनित्य पूजालाई भने निरन्तरता दिने गरी हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको हो । हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तीर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिडको संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । यसबीचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पूजाआजा गर्नुपर्ने छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो तेस्राेपल्ट हो । कोभिडको महामारीका क्रममा बन्द गर्नु अगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले हलेसी मन्दिरलगायत सबै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने-गराउने निर्णय गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।