मध्य पहाडी लोकमार्ग निर्माणमा चरम ढिलासुस्ती

काठमाडौं, माघ २० । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) राजमार्ग निर्माणमा चरम ढिलासुस्ती देखिएको छ । आयोजनाको निर्माण सम्पन्न हुने अवधि करिब डेढ वर्ष मात्र बाँकी हुँदा पनि अझै ४० प्रतिशत बढी निर्माण कार्य बाँकी रहेको छ ।

आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ५९.४२ प्रतिशत मात्र रहेको छ । अझै दुई दर्जन पुल तथा करिब साढे २ सय किमी सडक ठेक्कासमेत लाग्न बाँकी रहेकाले अबको डेढ वर्षमा निर्माण कार्य सम्पन्न हुन कठिन देखिएको छ । आर्थिक वर्ष २०६४/६५ मा सुरु भएर आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुनुपर्ने आयोजनाको निर्माण कार्यमा भएको ढिलासुस्तीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नहुने देखिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुल १८ सय ७९ मध्ये ६ सय ८५ किलोमिटर आयोजनाबाट र ४ सय ६२ किलोमिटर अन्य निकायबाट गरेर ११ सय ४७ किमी कालोपत्रे सम्पन्न भएको जनाएको छ । मन्त्रालयले १ सय ३७ पुलमध्ये ९१ वटा पुल सम्पन्न भएको जनाएको छ । मन्त्रालयका अनुसार ४ सय ९४ किमी सडक र २१ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।

अबको करिब डेढ वर्षमा सम्पन्न हुनुपर्ने आयोजनाअन्तर्गत बन्नुपर्ने २५ वटा पुल र २ सय ३६ किलोमिटर सडकको ठेक्का व्यवस्थापन गर्नसमेत बाँकी देखिएको छ । कतिपयमा ठेक्का लागेर निर्माण नै नभएको अवस्था भए पनि त्यसको अनुगमन गर्ने र दोषीउपर कारबाही भएको पाइएको छैन ।

खोटाङको सदरमुकाम दिक्तेलदेखि चखेवासम्मको करिब ३२ किमी सडकमा मात्र ५÷६ खोलामा वटा पुल निर्माण बाँकी रहेको देखिएको छ । जसमा एउटा पुल ठेक्का लागेको पाँच वर्षमा समेत जग हालेर अलपत्र अवस्थामा छाडिएको पाइएको छ । राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖