धनकुटामा कांग्रेसको जित सुनिश्चित !
धनकुटा । यस पटकको स्थानिय तहको निर्वचनमा धनकुटाको विभिन्न पालिकामा नेपाली कांग्रेसले जित्ने दावी गरिएको छ ।
यसअघिको स्थानिय तहको चुनावमा झिनो मतले मात्र पराजित भएको धनकुटा नगरपालिका, सागुरीगढी गाउपालिका र चौविसे गाउपालिकामा अहिले कांग्रेसले संगठन मजमुत बनाएकोले यस पटक सहज रुपमा जित्ने पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले दावी गर्नु भयो ।
निर्वाचनका लागि नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समिति सहित क्षेत्रिय, पालिका, वडा र टोल कार्य समिति व्यापक परिचालित भै जनतको सेवामा अझ बढी क्रियाशिल भएको उहाँको भनाई छ । त्यसैले पनि कांग्रेसको जित सुनिश्चित जस्तै रहेको उहाँको दावी छ ।
यो पनि हेर्नुहोस् – एमसीसी पास गर्न सबै दलले सहयोग गर्ने कांग्रेस उपसभापति गुरुङको विश्वास
काठमाडौं, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिनिधि सभामा मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) टेबल भएको खण्डमा पारित गर्न सबै दलले सहयोग गर्ने विश्वास लिएका छन् ।
मंगलबार न्युज कारखानासँग कुरा गर्दै उपसभापति गुरुङले प्रमुख प्रतिपक्षी एमालेसहित सदनमा रहेका अन्य राजनीतिक दलले नैतितकता प्रदर्शन गरेर एमसीसी पारित गर्न सहयोग गर्ने बताए । ‘एमसीसी प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको दललाई यसलाई पारित गर्ने उत्तरदायित्व पनि हुन्छ होला’ गुरुले भने ।
एमसीसी प्रस्ताव तत्कालीन केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकार हुँदा संसद सचिवालयमा दर्ता भएको थियो । नेकपा अहिले विभाजित भएको छ । त्यससमय नेकपामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वका दलहरुले अहिले एमसीसीको बिरोध गरिरहेका छन् भने एमालेले कुनै निर्णय गरेको छैन ।
सत्तारुढ नेपाली कांग्रेसले भने एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास लिएको बताएका छन् । तर भोलिको सम्भावित कार्यसूचीमा भने एमसीसी राखिएको छैन ।


