धनकुटामा चुनाव जिताउन कांग्रेसले तोक्यो सात कमाण्डर (नामावली सहित)

धनकुटा । धनकुटाका सात वटै पालिकामा संगठन विस्तार तथा सुदृढीकरण गर्दै स्थानीय तहको निर्वाचन जिताउन नेपाली कांग्रेस धनकुटाले सात वडा पालिकाकामा कमाण्डरहरु तोक्दै जिम्मेवारी दिएको छ ।

यसैगरी नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका सभापती दिनेश राईले आज नेपाली कांग्रेसको बिधान अनुसार २३ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरी पद तथा गोपनियताका सपथ गराउनु भएको छ ।

मनोनित हुनु भएका नेपाली कांग्रेस धनकुटाको आमन्त्रित जिल्ला सदस्यमा रविन्द्र नेपाली,विष्णु प्रसाद पौडेल, देवेन्द्र श्रेष्ठ, हर्कमान चेम्जोङ, रमेश ईवाहाङ्ग , तिर्थ राई, राजेन्द्र पौडेल, पुरेन्द्रलाल श्रेष्ठ, मान प्रसाद ईङनाम, रुकमन तामाग, रमेश राई, मिन वहादुर काकी, प्रकाश लिम्बु, बासुदेव भण्डारी, अम्विका धमला, कमल कुमारी राई, ठगिन कुमार राई, नरेन्द्रजंग वस्नेत, अमल राई, गोकुलाल श्रेष्ठ,कमल कुमारी राई, र नेत्र प्रसाद पौडेललाई जिल्ला सभापती दिनेश राईले मनोनय गर्नु भएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

यसैगरी सभापती राईले नेपाली कांग्रेस धनकुटाको प्रवक्तामा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । पार्टी संगठन सुदृढिकरण गर्दै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन पदाधिकारीहरुलाई समेत पालिकाहरुको र जिल्ला पार्टी कार्यालय भित्रको शाखाहरुको जिम्मेवारी समेत तोकिएको छ ।

पालिका संयोजक तथा ईञ्र्चाजहरुमा उपसभापती निर्मल प्रसाद ओझालाई मालक्ष्मी नगरपालिका, उपसभापती सुनिल कुमार डंगोललाई पाख्रिवास नगरपालिका, सचिव विजय सन्तोषी राईलाई धनकुटा नगरपालिका, अर्का सचिव जयन्द्र घिसिङलाई सागुरीगढी पछि सह-सचिव रोशन श्रेष्ठ छथरजोरपाटी गाउपालिका, अर्का सचिव गिरिजा प्रसाद दाहाललाई चौविसे गाउपालिका संयोजक तथा इन्चार्ज र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेलाई सहिदभूमीगाउपालिको विम्मेवारी पाउनु भएको छ ।

जिल्ला पार्टी कार्यालयलाई दुरुस्त,चुस्त र सशक्त बनाउन विभाग वाहेक कार्यालय भित्र रहेको शाखाहरुमा उपसभापती निर्मल प्रसाद ओझालाई अनुगमन तथा मुल्यांकन शाखा प्रमुख, अर्का उपसभापती सुनिल डंगोललाई प्रशिक्षण शाखा प्रमुख, सचिव विजय सन्तोषी राईलाई सगठन तथा कार्यक्रम शाखा प्रमुख, अर्का सचिव जयन्द्र घिसिङलाई अनुशासन तथा समन्वय शाखा प्रमुख, सहसचिव रोशन श्रेष्ठलाई अभिलेख शाखा प्रमुख, अर्का सहसचिव गिरिजा प्रसाद दाहाललाई विकास शाखा प्रमुख र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेलाई प्रचार प्रसार शाखा प्रमुखको जिम्मेवारी दिईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।