महालक्ष्मी नगरपालिका धनकुटाको बजेट ७२ करोड माथि

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले ७२ करोड रुपैया बराबरको बजेट बिनियोजन गरेको छ ।

शुक्रबार नगरसभामा नगरपालिको उपप्रमुख मञ्जु काकीैले बजेट प्रस्तुत गदै कुल ७२करोड १६ लाख ७० हजार ४३० रुपैया बराबरको बजेट बिनियोजन गरेकि हुन् ।

संघिय सरकार मार्फत ६७ करोड ४९लाख ७१ हजार प्रदेशवाट २ करोड९६लाख ९९हजार ४३० र स्थानिय सरकारको १करोड ७०लाख रुपैया गरि कुल ७२१६७०४३० रुपैया बराबरको बजेट बिनियोजन गरेको हो । जसमा समानिकरण अनुदान तर्फ ११ करोड ४८ लाख २८ हजार रुपैया, शसर्त अनुदान तर्फ ३१ करोड ३९ लाख ५३ हजार रुपौया बिनियोज गरिएको छ ।

त्यस्तै समपुरक अनुदान तर्फ २ करोड, बिशेस अनुदान तर्फ १ करोड, राजश्ववाडफड तर्फ ९ करोड ५८ लाख ८९ हजार ४३०, आन्तरीक स्रोत तर्फ १ करोड ५५ लाख, सामाजिक सुरक्षा तर्फ १५ करोड बिनियोजन गरिएको कार्किले बताउनु भयो ।

आजै नगरपालिकाका मेयर ध्रुबराज रायले निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रदेश सरकारका मन्त्री केदार कार्की रहनु भएको थियो । उहाले स्थानिय तह सुहाउदो कानुन निर्माण गरेर कार्यक्रम गर्न सुझाब दिनु भयो ।

सभामा निबर्तमान मेयर पर्शु नेपाल कार्यपालिका सदश्य, वडाध्यक्ष वडासदश्य तथा सञ्चारकर्मीको उपस्थीति रहेको थियो । भोलिवाट बजेटमाथी छलफल सुरु हुने मेयर रायले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।