अयोध्याबाट आइपुग्यो रामराज्य रथ यात्रा

जलेश्वर, २१ असोज । भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो ।

अलौकिक रथ एवं सयौँ साधु, सन्त, महात्मासहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले फूल, माला, अबिरसहित स्वागत गर्दै विशेष पूजा तथा प्रसाद ग्रहणका लागि बाबा जलेश्वरनाथको मन्दिरमा लगेका छन् । भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्नु, आपसी भाइचारा बढाउनु र रामसीताको भएर हामीले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु÷गराउनु प्रमुख उद्देश्यका साथ जलेश्वर आइपुगेको यस रथ यात्रा जलेश्वरनाथ महादेवको दर्शनपश्चात् आजै जनकपुरधाम लगिने छ ।

नेपालको जलेश्वर, जनकपुर, हेटौँडा, नारायणघाट र काठमाडौँसम्म जाने यस यात्रा नेपालमा आठ दिनसम्म विभिन्न मठमन्दिरमा दर्शन एवं पूजाअर्चना गर्नेछन् । यही असोज १८ गते अयोध्याको राम मन्दिरबाट साधुसन्तको लावालस्करका साथ आरम्भ भएको यस रथ यात्राले ६० दिनसम्म नेपाल र भारतको विभिन्न २७ ठाउँको भ्रमण गर्नेछन् भने १५ हजार किलोमिटरसम्म यात्रा गर्नेछन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖