ताप्लेजुङको फुङ्लिङमा अवस्थित धार्मिक पर्यटकीय स्थल सिद्धिडाँडा पोखरी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ मा अवस्थित धार्मिक पर्यटकीय स्थल सिद्धिडाँडा पोखरी । सिद्धिडाँडा पोखोरी ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको सबैभन्दा नजिकको पर्यटकीय स्थलमा पर्दछ । तस्बिरः दिलकुमार लिम्बू/रासस

‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव’ सुरु
बागलुङ, २९ असोज (रासस) : गलकोट नगरपालिका–६ मजुवा फाँटमा शुक्रबारदेखि ‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव २०७९’ सुरु भएको छ । ‘ड्रिम टिम गलकोट’द्वारा आयोजित महोत्सवको गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले महोत्सवबाट आर्थिक गतिविधि बढ्नुका साथै खेल, कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । कात्तिक ७ गतेसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, एकल नृत्य, गायन, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), पुरुष रस्साकस्सी, दौड, ब्याडमिन्टनलगायत प्रतियोगिता राखिएको छ ।

कृषि उपज, स्थानीय तथा स्वदेशी उत्पादन, पुरातात्विक वस्तु र झाँकी पनि महोत्सवको आकर्षणका रूपमा रहेको आयोजक संस्थाका अध्यक्ष रुपक पाण्डेले जानकारी दिनुभयो । महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला, बाल उद्यान र साङ्गीतिक कार्यक्रम पनि सञ्चालन हुनेछ ।

व्यापार, खेलकुद, स्थानीय कला, संस्कृतिको प्रवद्र्धनसँगै मनोरञ्ज गतिविधिका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । महोत्सवस्थलमा एक सय २० वटा व्यापारिक स्टल रहेका छन् । एघार दिनसम्म सञ्चालन हुने महोत्सवमा झण्डै रु एक करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

महोत्सव अवधिभर हेलिकोप्टरबाट घुम्टे दर्शनसहित गलकोट आसपासका पर्यटकीयस्थलको अवलोकन पनि गर्न पाइने भएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने कार्यक्रम संयोजक हुम थापाले बताउनुभयो ।

हाँस्य कलाकार मनोज गजुरेल, गायक शिव परियारलगायत कलाकार आउने तय भइसकेको उहाँको भनाइ छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको पालिकास्तरीय भलिबल प्रतियोगिताका विजेताले रु दुई लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ प्राप्त गर्ने जनाइएको छ ।

गायनतर्फ ‘भ्वाइस अफ गलकोट’का विजेतालाई रु ३० हजार र नृत्यका विजेतालाई रु ३० हजार तीन सय ३३ पुरस्कार प्रबन्ध गरिएको कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो । गत वर्ष पुसपछि ‘ड्रिम टिम गलकोट’ले दोस्रोपटक सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजना गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।