ड्रागन फ्रुट खेतीको बीचमा मखमली फूल

सुर्खेतको लेखवेशी नगरपालिका–९ मा ड्रागन फ्रुट खेती र त्यसको बीचमा फुलेको मखमली फूल । तस्बिरः सुरेश आचार्य/रासस

विद्युत् विस्तारमा गति लिँदै
भोजपुर, १ कात्तिक (रासस):पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो ।

यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्यद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत्गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत्गृह तत्कालीन द्वन्द्वमा विग्रिएपछि लामो समय भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो गृहबाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो ।

हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पु¥याउने कोसिस भइरहेको छ । पूर्णरूपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबैभन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । यो प्रदेश नं १ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो । दोस्रोमा केन्द्रीय प्रसारण लाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ ।

जिल्लामा पनि जलविद्युत्को क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुलाखोला हाइड्रोपावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । इष्टर्नबाट पाँच र टक्सार पिखुवाखोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । यी विद्युत्गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

जलविद्युत् आयोजना संरक्षणविहीन

संरक्षणको अभावमा जीर्ण बनेकोे सिक्तेलखोला जलविद्युत् आयोजनाको संरक्षण ध्यान गएको देखिँदैन । बिग्रिएको करिब १४ वर्ष बढी समय हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का साम्रगी कबाडीमा परिणत भएका छन् ।

जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाउँहरूमा विद्युत् वितरण गरिरहेको यो आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो । बन्द भएको लामो समय हँुदा पनि सञ्चालनमा ल्याउन कसैको खास चासो गएको छैन । सडक विस्तार गर्ने क्रममा ढुङ्गा लडेर विद्यु्त्गृहमा क्षति पुगेको छ भने सामग्री क्षतविक्षत बनेका छन् ।

तत्कालीन समयमा सरकारले निजी क्षेत्रलाई विद्युत्गृह हस्तान्तरण गर्ने क्रममा यो जलविद्युत् आयोजना भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सिर्जना भएको समिति र प्राधिकरणबीच आपसी किचलोका कारण यो विद्युत्गृह अलपत्र बनेको हो ।

जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म यो विद्युत्गृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेको थियो । आयोजनाले तत्कालीन समयमा दुई सय ५० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो । विद्युत्गृह बन्द हुनुमा स्थानीयले पनि दुःखेसो गरेका छन् । विद्युत्गृह विसं २०३८ बाट सञ्चालनमा आएको थियो । भोजपुरको विद्युत्को विकासमा महत्वपूर्ण भूमिका खेलेको उक्त विद्युत्गृह संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ । सरोकारवाला पक्षले यसको संरक्षणमा ध्यान नदिँदा राज्यको करोडौँका सामग्री कबाडीमा परिणत भएका छन् ।

यसलाई पुनःनिर्माण गरेर विद्युत् उत्पादनसँग जोड्ने सके आर्थिकरूपमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–६ कोटमा पर्ने यो विद्युत्गृहको पोखरी पनि जीर्ण बन्दै गएको छ भने पानी ल्याउनका लागि प्रयोग गरिएका कुलोसमेत जीर्ण बनेको छ । केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि यो जलविद्युत् आयोजना ओझेलमा परेको देखिन्छ । आयोजना अलपत्र बन्दा यहाँ काम गर्दै आएकाले रोजगारीसमेत गुमाएका छन् । अहिले यहाँका अधिकांश उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।