ताप्लेजुङको फुङ्लिङमा आफ्ना आमालाई सघाउन चर्खामा धागो बेर्दै बालक

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ न्युरोडस्थित अल्लो कपडा उद्योगमा आफ्ना आमालाई सघाउन चर्खामा धागो बेर्दै बालक । तस्बिर ः दिलकुमार लिम्बू, रासस

पालासँगै चिया खाने मट्काको माग
खजुरा, ७ कात्तिक (रासस) ः बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १३ लोधइगाउँका ४६ वर्षीय राम अचल कुमालले तिहारका लागि १५ हजार पाला बिक्री गरिसक्नुभएको छ । तिहारमा माटोको पाला बनाउन उहाँलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्न पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उहाँ व्यस्त हुनुहुन्छ ।

कुमाल भन्नुहुन्छ, “तिहारलाई आवश्यक पालाको माग पूरा गर्न दुई महिना अगाडिदेखि नै पाला बनाउन सुरु गर्नुपर्छ, तिहारसम्ममा २० हजार पाला बिक्री गर्ने लक्ष्य लिएको छु ।” आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उहाँको भनाइ छ । पुर्खाको पेशालाई धान्दै कुमालले लामो समयदेखि व्यावसायिकरुपमा नै माटोका सामान बनाउँदै आउनुभएको छ । उहाँले पालासँगै भुर्की, गल्लक, हात्ती घोडा, भुर्का जस्ता खेलौनासमेत बनाउनुहुन्छ । भाइटीकाको दिन भुर्की पुजनका बेला ती सामग्री बढी प्रयोग हुने गर्दछ ।

उहाँ जस्तै नेपालगञ्ज–६ फुल्टेक्राका रामसेवक कुमाल पनि माटाको भाँडा बनाउन व्यस्त हुनुुहुन्छ । उहाँले पनि तिहारमा १२ हजार पाला बिक्री गरिसक्नुभएको छ । “अझै माग छ बनाइरहेको छु”, उहाँले भन्नुभयो, “ पालासँगै चिया खाने मट्काका पनि माग बढी भएकाले त्यो पनि बनाउँछु, अहिलेलाई पाला मात्रै बनाइरहेको छु ।”

नेपालगञ्जमा कुमाल पेशा गर्दै आएका परिवारको एक टोल छ । पछिल्लो समय प्लाष्टिकका सामान बजारमा आउँदा माटाका भाँडा बिक्री हुन छाडेपछि पेशा नै लोप हुने अवस्था पुगेको नेपालगञ्ज–६ का श्यामलाल कुमालको दुखेसो छ । उहाँ भन्नुहुन्छ, “माटाका भाँडा तयार गर्दा मेहनत र समय बढी लाग्छ तर आधुनिकतासँगै यो सामग्री नै बिक्री नहुँदा हाम्रो पेशा लोप हुने देखिन्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖