अरुण किनारकोे शिला

सङ्खुवासभाको खादबारी नगरपालिका–९, तुम्लिङटारको अरुण नदी किनारमा सुरक्षा गरेर राखिएको शिला । मनकामनाको उत्पत्ति थलो भनेर प्राचीन समयबाटै पूजाआजा हुने यो क्षेत्रको किनारमा मनकामना मन्दिरको पनि निर्माण भएको छ । तस्बिरः विराट अनुपम/रासस
अघिका वर्षभन्दा फूलको माग धेरै
दोधारा चाँदनी, ९ कात्तिक (रासस) ःकञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उहाँले फूलखेतीबाट मनग्य आम्दानी गर्नुभएको छ । शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रुपमा फूलखेती गरेको उहाँले बताउनुभयो ।
“अहिले तिहारका लागि फूलको माग धेरै छ नेपालगञ्ज, धनगढी र दार्चुलाबाटसमेत फूलको माग आएको छ ।” उहाँले भन्नुभयो,“हामीले माग अनुसार दिन सकिरहेका छैनौँ ।” उहाँले फूल खेतीमा राम्रो सम्भावना रहेकाले व्यावसायिक रुपमा फूलखेती गरेको बताउनुभयो ।
“जिल्लामा फूलखेती गर्ने किसान छैनन् हामीले पनि पहिलो पटक सुरुआत गरेका छौँ ।” उहाँले भन्नुभयो–“दुई बिघा जमिन भाडामा लिएर फूलखेती थालेका हौँ यसलाई निरन्तरता दिनेछाँै ।” उहाँले तिहारको समय र विवाहको सिजनमा फूल बढी खपत हुने गरेको बताउनुभयो । अहिले निर्वाचनको समयमासमेत प्रचारप्रसारदेखि विजय जुलुसमा समेत फूलको माग हुने गरेको उहाँले बताउनुभयो ।
“प्रतिकिलो पाँच सयका दरले र प्रतिमाला सयका दरले बिक्री गरिरहेका छौँ” उहाँले भन्नुभयो “एक किलो फूलको पाँचदेखि सात मालासम्म बनाउन सकिन्छ ।” दुई बिघामा फूलखेती गर्न पाँच लाख लगानी गरेको उहाँले बताउनुभयो । “फूल बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ ” उहाँले भन्नुभयो “यहाँ उत्पादन भएको फूल काठमाडौँसम्म पठाउने लक्ष्य छ ।” उहाँले यसवर्ष सरकारले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग अझ बढेको बताउनुभयो ।
“विगतका वर्षमा भन्दा अहिले फूलको माग धेरै छ” उहाँले भन्नुभयो “अहिले भारतबाट आउने फूल पनि रोकिएको छ त्यसले पनि फूलको माग धेरै छ ।”


