कमला नदीमा भुतमेला, धामीझाँक्रीको घुइँचो

मुकेशकुमार यादव/सिरहा, २२ कात्तिक । प्रत्येक वर्षजस्तैं यस वर्षको कार्तिक पूर्णिमाका अवसरमा कमला नदी किनारमा भुतमेला लागेको छ । पहेँलो धोती र सारी लगाएका नयाँ सिकारू धामी झाँक्रीहरू हातमा अगुल्टोसहित माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउँदै कमलान नदी किनारमा भेला भएका छन् ।

सूर्योदयसँगै नदीको पवित्र जलमा डुबुल्की लगाएर नव धामी झाक्रीहरूले गुरुहरूसँग शपथ लिएका छन् । हिजो रातिबाटै नदी किनारमा भगता (देउता) खेल्नेहरूको घुँईचो लागेको थियो । देउता खेल्नेहरूसँग रातभरि प्रश्न सोध्ने र गीत गाउने गरिएकाे थियाे ।

‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै इष्ट देवताहरूको नाम फालाक्दै धामीझाँक्रीहरू मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा चर्को स्वरमा कराउँदै नदीमा सपथ ग्रहण गरेको झाक्री रामअवतार महतोले बताए ।

उनले सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरूको आजको दिन घुँईचो लाग्ने गरेको बताए । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कार्तिक पूर्णिमामा स्नान गर्ने चलन छ । कमला नदीमा आएर सपथ लिएपश्चात नव धामीझार्कीहरू पाको हुने झाक्री बिल्टु गादवले बताए ।

हरेक वर्ष कमला नदीमा स्नान गर्न सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत भारतका गाउँहरूबाट समेत सयौं सर्वसाधारण आउँछन् । यसबेला यहाँ मेला नै लाग्ने गर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖