समिट लघुवित्तको वित्तीय साक्षरता एवम् व्यवस्थापन प्रवर्दन विषयक गोष्ठी सञ्चालन

धनकुटा । वचत र यसका फाईदाबारे सेवाग्राहीलाई थप जानकारी गराउने लक्ष्का साथ समिट लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालय बनेपाको आयोजना तथा पाख्रीवास शाखाको समन्वयमा धनकुटा १ हिलेमा आज वित्तीय साक्षरता एवम् व्यवस्थापन प्रवद्र्धन विषयक गोष्ठी सञ्चालन गरिएको छ ।

पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष सन्तोष मानन्धरको प्रमुख आतिथ्य तथा समीट लघुवित्त वित्तीय संस्था पाख्रीवास शाखाका प्रबन्धक जुनल राईको सभापतित्वमा सञ्चालित गोष्ठिमा बचत बढाउने, खर्च कम गर्ने, संस्थाले दिदै आएको सेवा लगायतको बारेमा छलफल भएको छ ।

छलफलमा बोल्दै गोष्ठिका प्रमुख अतिथि वडाध्यक्ष मानन्धरले संस्थाका सेवा ग्राहीहरुलाई सही कामको सदुपयोगका लागि मात्र कर्जा लिने आग्रह गर्दै बचतमा जोड दिन सुझाव दिनुभयो ।

उहाँले संस्थाबाट ऋण लिएर सही सदुपयोग नगर्दा सोही ऋणकै कारण समाज र घरपरिवारमा विभिन्न खालका घटनाहरु घटिरहेको उल्लेख गर्दै त्यस्ता घटना नघटोस् भन्नका लागि व्यापार व्यवसाय सञ्चालन तथा प्रवद्र्धन गर्ने लक्षका साथ कर्जा लिन सल्लाह दिनुभयो । उहाँले त्यसका लागि आफ्नो र वडाको तर्फबाट गर्नुपर्ने सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तैगरि संस्थाका केन्द्रिय कार्यालयका वरिष्ठ अधिकृत ईन्द्रबहादुर गौतमले संस्थाकोबारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार निम्न वर्गका किसान तथा व्यवसायीलाई आर्थिक उपार्जनमा सहयोग पुर्याउने लक्षका साथ स्थापित यस संस्थाले कर्जा प्रवाह गर्ने, वचत गर्ने, विमा गर्ने सहित हाल विद्यालय, वृद्धाश्रमहरुमा सहयोग गर्ने लगायतका धेरै सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

उहाँले सेवाग्राहीहरुको माग अनुसार संस्थाले तालिमहरु पनि दिदै आएको जानकारी गराउदै आफुलाई आवश्यक लागेको विषयमा सेवाग्राहीले संस्थाका कर्मचारीहरुलाई जानकारी गराए सम्बन्धित विषयमा तालिमको व्यवस्था गरिने समेत बताउनुभयो ।

सेवाग्राही जति सक्रिय र जागरुक भयो त्यति नै संस्थाका कर्मचारीहरु पनि जागरुक भई सेवा प्रवाह गर्ने र त्यसले दुबैतर्फको लक्ष पूरा हुने भएकोले जागरुक हुन आग्रह गर्नुभयो । पाख्रीवास र छथरजोरपाटी केन्द्र अन्र्तगतका सेवाग्राही सहभागि भएका गोष्ठिमा संस्थाको स्थापना कालदेखी अहिलेसम्म गरिएका कार्यहरुको बारेमा केन्द्रित रहि तयार पारिएको भिडियो देखाई सो भिडियोमै आधारित रहेर हाजिरी जवाफ प्रतियोगिता पनि खेलाईएको थियो ।

प्रतियोगितामा सहभागी सबैसेवाग्रहीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । गोष्ठिमा दिईएको जानकारी अनुसार समीट संस्थाको पाख्रीवास शाखा सेवाग्राहीले सबैभन्दा बढी विश्वास गरेको शाखा अन्र्तगत पर्दछ ।

गोष्ठिमा सेवाग्राहीहरुले आफुहरुको व्यवसायमा देखिएका समस्या समाधानका लागि संस्थाले दिने सेवाहरुको बारेमा जिज्ञासा राखेका थिए । गोष्ठिमा सेवाग्राहीहरुको तर्फबाट लोकादेवी प्रधान र पूर्णमाया श्रेष्ठले आफ्नो धारणा राखेका थिए । गोष्ठिको सञ्चालन संस्थाका पूर्वीअनुगम ईकाई अधिकृत योगानन्द खनालले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖