सामूहिक आलु खेतीमा आकर्षित किसान

मध्यविन्दु, १८ पुस (रासस) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)का किसान सामूहिक आलुखेतीमा आकिर्षत भएका छन् ।समूहमा आबद्ध यहाँका किसान कृषिमा आत्मनिर्भर हुन यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् ।

एक बिघा जमिन भाडामा लिएर पशुपति किसान समूहमार्फत सामूहिकरुपमा आलुखेती गर्दै आइरहेको समूहका अध्यक्ष बलराम पोख्रेलले बताउनुभयो । सामूहिकरुपमा कृषिमा केही गर्ने उद्देश्यले आलुखेतीमा लागेका उनीहरु बजारीकरण र जिल्लामा उपयुक्त कोल्डस्टोर नहुँदा आफूहरुले लगाएको आलु बिग्रने चिन्तामा छन् ।

“आलु स्थानीय बजारले खपत नगर्दा घाटामा जान्छ कि भन्ने चिन्ता छ”अध्यक्ष पोख्रेलले भन्नुभयो “सबै मिलेर धेरै मेहनत गरेका छौँ बजारीकरण सोचेअनुरुप भए अर्काे वर्ष डेढ बिघामा आलु खेती गर्नेछौँ ।”

सामूहिकरुपमा आलु खेती गर्नुभएका अर्का किसान जगनाथ पोख्रेलले यसपाली आलु खेतीबाट राम्रो आम्दानी हुने आशा गर्नुभएको छ । विगत वर्षमा सामूहिकरुपमा प्याज र गोलभेँडा खेती गर्दै आएका पशुपति किसान समूहका किसान अर्काे वर्ष सामूहिक मकै खेती गर्ने सोचमा छन् ।
महिला खेतबारीमा बढी व्यस्त हुने गर्छन् । अहिले सामूहिकरुपमा लागेपछि समयको बचतका साथै धेरै कुराको जानकारी हुने अर्की किसान देउरुपा चापागाईं बताउनुहुन्छ । सामूहिकरुपमा खेती गर्दा कृषि व्यवसायमा राम्रो सम्भावना रहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने उक्त समूहको लक्ष्य छ ।

जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर जमिनमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछाने बताउनुहुन्छ ।

“गत वर्ष तीन हजार एक सय १५ हेक्टरमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा थप विस्तार गरिएको छ” उहाँ भन्नुहुन्छ,“गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिकटन आलु उत्पादन भएको थियो ।” जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेकोे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖