रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम (पूर्व), २३ पुस (रासस) ः रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम(पूर्व) का अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष नौ सय ७५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनममा असर परेपनि सुन्तलामा भने फाइदा हुँदा उत्पादन बढेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असरलगायतका कारण जिल्लामा सुन्तलाको उत्पादनमा कमी आइरहेको थियो । यस वर्ष गत वर्षको भन्दा करिब तीन सय मेट्रिक टनले बढी उत्पादन भएको छ । जिल्लाभर किसानले एक सय पाँच हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् तर यस वर्ष ८२ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले फल दिएका छन् ।

त्यस्तै गत वर्ष ८५ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनको क्षेत्र रहे तापनि ७८ हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको थियो । उत्पादन वृद्धि भएपछि गत वर्ष प्रतिकेजी रु ६०÷६५ मा बिक्री गरेका किसानले यो वर्ष रु ४० देखि ५०÷५५ मा बिक्री गरिरहेका छन् । सुन्तला उत्पादन धेरै भए पनि बजार नहुँदा भने किसान समस्यामा पर्ने गर्छन् । उत्पादनलाई जोड दिँदै जाने तर त्यसको व्यवस्थापन र बजारीकरणको योजना नहुँदा बर्सेनि यहाँको उत्पादनलाई लिएर किसान मर्कामा पर्ने गरेका छन् ।

यस वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको र बजारमा खपत हुने अवस्था नभएपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले सुन्तलाको जुस बनाउने तालिम सञ्चालन गरेको थियो । अहिले सिस्ने ७ र ८ का किसानले बजारमा बिक्री नभएको सुन्तलाबाट स्थानीयस्तरमै जुस बनाएर बिक्री गरिरहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बस्नेतले बताउनुभयो । जिल्लाको सबै पालिकामा सुन्तला उत्पादन हुने गरे तापनि विशेष गरी सिस्ने गाउपालिकाको वडा नम्बर ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको ८ नम्बर वडामा व्यावसायिकरुपमा किसानले सुन्तला खेती गर्दै आएका छन् ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।