धनकुटाको हिलेमा नविल बैंकको डिजिटल वित्तिय साक्षरता तथा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न
धनकुटा । नबिल बैंकले आज हिलेमा डिजिटल वित्तिय साक्षरता तथा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न गरेको छ ।
नबिल बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुङ्घानाको अध्यक्षता तथा राष्ट्रिय बाणिज्य बैंकका डिपुटि गभरर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यमा कार्यक्र सम्पन्न भएको हो ।
कार्यक्रममा नबिल बैंकका कोशि क्लस्टर प्रमुख तोप प्रसाद अगस्तिले नबिल दिगो बैंकिङ्घले बैंकको वित्तिय क्रियाकलापबाट ग्रामीण तथा दुर्गम जनमानसमा उघमशीलता विकासमा साझेदारी गरी वित्तिय पँहुचको माध्यमबाट सकारात्मक दिगो आर्थिक ,सामाजिक तथा पर्यावरणीय प्रभाव पार्ने उद्देश्यले अगाडि बढिरहेको जानकारी गराउनु भयो ।
दिगो बैंकिङ्घ अन्र्तगत नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा कृषिमा उद्यमशीलता विकास गर्ने , महिला ,युवा तथा उद्यम गर्न चाहानेहरुका लागि वित्तिय उपलब्धता बढाउने र वित्तिय पहुँच कम भएको स्थानहरुमा सहज वित्तिय पँहुच पु¥याउने बैंकको मुख्य उद्देश्य रहेको उहाँले बताउनु भयो ।
बैंकबाट ऋण कसरी लिने आवश्यक कागजात ,व्यवसायीक योजना ,चुनौति लगायतको विषयमा पनि उहाँले जानकारी गराउनु भयो । उहाँले डिजिटल बैंकिङ ,क्युआर कोड र अन्य सेवा – सुविधाका बारेमा विशेष प्रस्तुती सहित सहजीकरण गर्नु भएको थियो ।
त्यस्तै गरी कार्यक्रमा राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका देव कुमार दाहालले वित्तिय साक्षरताको अभावमा असुरक्षित आर्थिक कारोबारका कारण भइरहेको विभिन्न समस्या न्युनिकरण तथा समाधाका लागि बैंकहरुले यस्ता कार्यक्रमहरु अगाडि बढाइरहेको बताउनु भयो । उहाले समय अनुसार प्रविधिलाई प्रयोग र बढवा दिदै सर्वसाधारण जनतालाई डिजिटल माध्यम बाट भुक्तानी गर्दाको फाइदा र सुरक्षित बैंकिङ्घ कसरी गर्ने भन्ने बारेमा वुझाउन आवश्यक रहेको बताउनु भयो ।
स-साना बचतले पनि राष्ट्रनिमार्णमा सहयोग पु¥याउने भएकाले असल नागरीक र बचत गर्ने बानीको विकास गरेर भोलिको दिनमा उद्यमी व्यवसायी वन्न सकिन्ने उहाँको भनाई छ ।
कार्यक्रमा सहभागी व्यवसायी तथा स्थानियले राखेको जिज्ञासा माथी नबिल बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुङ्घानाले समाधान गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन नबिल बैंकका धनकुटा हिले शाखा प्रमुख विदुर निङलेखुले गर्नु भएको थियो ।


