धनकुटा महोत्सव सफल बनाउन धनकुटा उद्योग वाणिज्य महासंघको व्यापक तयारी
धनकुटा । प्रादेशिक औद्योगिक व्यपार मेला तथा ५ औं धनकुटा महोत्सव सफल बनाउन धनकुटा उद्योग वाणिज्य महासंघ व्यापक तयारीमा जुटेको छ ।
यसैक्रममा संघले पु:न धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङसँग अन्र्तक्रिया गरेको छ ।
संघका पदाधिकारी तथा सदस्यहरुसंग अन्र्तक्रिया गर्दै नगर प्रमुख तामाङ नीजि क्षेत्र संग धनकुटा नगरपालिकाले सहकार्य गर्दै नगरको विकास र समृद्धीका लागि निरन्तर क्रियाशिल रहेको वताउनु भएको छ । उहाँले धनकुटा महोत्सव सफल बनाउन धनकुटा नगरपालिकाको सहयोग रहने समेत वताउनु भयो ।
संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न भएका अन्र्तक्रियामा निर्वतमान अध्यक्ष उमेश घिमिरे,वरिष्ठ उपाध्यक्ष मन कुमारी तिुतग,उपाध्यक्ष खगेन्द्र विष्ट,उपाध्यक्ष निर्मला राई,महासचिव राम वहादुर ङ्वावा ,कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले महोत्सव सफल बनाउन सवैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
यसैवीच सोमवार नै धनकुटा उद्योग बाणिज्य संघको बैठक वसी महोत्सव सफल बनाउन सवैको सहभागीताका लागि सवैलाई अनुरोध गर्ने निर्णय गगरिएको महासचिव गोङ्वाले जानकारी दिनुभयो ।


