भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको हिलेभञ्ज्याङ

भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको हिलेभञ्ज्याङ । यो स्थान भोजपुर–धरान सडक खण्डमा पर्दछ । तस्बिर ः युवराज विष्ट÷रासस

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन
काठमाडौँ, ७ माघ (रासस) ः
मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो । आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए । मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो । आज बिहानैदेखि काठमाडौँ विमानस्थलमा दुवैतर्फका उडान सामान्य रहेको छ । काठमाडौँ बाहिरका केही विमानस्थलमा मौसम खुलेसँगै उडान हुने चरणमा रहेको विमानस्थलले जनाएको छ ।

तुलनात्मकरुपमा आज काठमाडौँ उपत्यकाको आकाश खुलेको छ । बिहानैदेखि पारिलो घाम लागेको छ । शुक्रबार विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको थियो । आज विमानस्थलको भिजिबिलिटी राम्रो रहेकाले उडान नियमित सञ्चालन भइरहेको हो ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।