धनकुटामा एभोकाडोको मुल्य श्रृखंलाजन्य कार्यको शुरुवात

जीवनप्रसाद राई । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङद्धारा चिउरीबारी फलफुल कृषिजन्य उत्पादन तथा जुस पसलले संचालनमा ल्याएको एभोकाडोको जुस, लस्सी, लगायतका परिकारहरु पसलको एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

२०७५ साल बैशाख देखि नै धनकुटा नगरपालिकाले एभोकाडोको प्रबर्धनमा बिभिन्न खालको कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । एभोकाडोबाट परिकार बनाउने कार्यक्रम सबैभन्दा पछिल्लो कार्यक्रम हो । चिउरीबारी फलफुल कृषिजन्य उत्पादन केन्द्रले संचालन शुरुवात गरेको यो पसललाई धनकुटा नगरपालिकाको आर्थिक सहयोग रहेको छ । यस पसलबाट एभोकाडोको लस्सी, जुस, सलाद तथा ताजा एभोकाडो खाने ब्यवस्थापन गरिएको यसका संचालक जितेन्द्र राईले जानकारी दिए ।

अब धनकुटामा बाह्रै महिना नै एभोकाडोको परिकार खान पाईने ब्यवस्थापन भएको राईले जनाए । एभोकाडो संगै पसलमा धनकुटा नगरपालिकाले नै प्रबर्धन गरेको अर्को महत्वपुर्ण फल ड्रागनफलको समेत बिक्री वितरण गरिनेछ । यसका साथै धनकुटामा नै फलेको किवी, सुन्तला लगायतका फलफुलहरुको समेत प्रबर्धन गरिनेछ ।

एभोकाडोको थप बजार बिस्तार गर्ने तथा यसको मुल्यश्रृखलाजन्य कार्यका लागि धनकुटा नगरपालिकाले यस प्रकारको अन्य कार्यहरुमा समेत सहयोग गर्ने आर्थिक बिकास शाखा प्रमुख बिकास अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो धनकुटा नगरपालिकाले बिगतमा यसको खेती प्रबर्धनका लागि नर्सरी सुधार कार्यक्रम, एभोकाडोका खेती प्रबर्धन तालिम, बिरुवामा कलमी प्रबिधि, एभोकाडोको सर्बेक्षण गणना, सहुलियत मुल्यमा बिरुवा बितरण, एभोकाडोको महोत्सव, एभोकाडोको स्तम्भ निर्माण गर्ने लगायतका महत्वपुर्ण कार्यहरु संचालन गरिसकेको छ । अहिलेको यो कार्यव्रmम एभोकाडोको बजार प्रबर्धनका लागि हो ।

उदघाटनका क्रममा नगरप्रमुख तामाङ्गले शुभकामना दिदै भन्नुभयो ,यस कार्यक्रमले धनकुटा नगरपालिकामा एभोकाडोको बजारको नयाँ रुप देख्न सकिने र यसलाई निरन्तरता दिनाका लागि संचालकलाई सुझाब समेत दिनुभयो । यस एभोकाडोको परिकार पसल धनकुटा बसपार्कमा स्थापना भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।