धनकुटामा यसरी ब्यवसायीकरण हुंदै सजीवन
धनकुटा । नेपाली भान्सामा पाक्ने तरकारी मध्ये एक लोकप्रिय तरकारी हो सजीवन । मानव शरीरलाई आबश्यक पर्ने पोषक तत्व प्रसस्त पाइने सजीवनको पछिल्लो झनै लोकप्रियता बढ्दो छ । नेपालमा सब्जीको रुपमा मात्र प्रयोग गर्ने गरिएको सजीवन बिदेशमा भने मसलाको रुपमा समेत प्रयोग हुने गरेको छ ।
धनकुटाको मुलघाटबाट तराइ झर्ने या माथिल्लो क्षेत्र जाने जोकोहिको लागि अहिले कोसेली बन्ने गरेको छ सजीवन । एक दशक अघि सम्म बिक्रि बितरणनै नहुने सजीवन अहिले भने धेरै नेपालीको भान्सामा परिकार बन्ने गरेको छ । सजीबन अहिले धनकुटा स्थीत तमोर नदि आसपासका बासिन्दाको राम्रो आम्दानीको स्रोत हो । बारी तथा जंगलमा उत्पादन भएको सजीवन टिपेर मुल घाट बजारमा ल्याउछन् । अनी कोशी राजमार्गमा आबतजाबत गर्ने यात्रुलाइ बिक्रि गर्छन् ।
मानव शरीरलाई उपयोगी हुने ९० भन्दा बढी पोषक तत्व पाइने सजीवनमा एक सय प्रकारका रोगको रोग प्रतिरोध क्षमता बढाउन गुण रहेको छ । नेपालीले तरकारीको रुपमा प्रयोग गर्ने सजीवन बहुगुण भएको बनस्पती हो । यसको जरा बाहेक सम्पुर्ण चिज प्रयोग हुन्छ । फल सब्जी खान प्रयोग हुन्छ भने बोक्रो, काठ, फुल, मुन्टा र पातको धुलो बनाइ मसलाको रुपमा भान्सामै प्रयोग गर्न सकिन्छ ।
बिश्वका अन्य मुलुकमा सब्जी सगै मसलाको रुपमा समेत प्रयोग गर्ने गरीएको छ । यसको मसला जापान जर्मन लगायतका बिकसित मुलुकमा माग बढि हुने गरेको कृषि अभियान्ता जीवन राईको भनाइ छ ।
सोहिजन, सैजन, सजिउन, मुनका आदि नामले चिनिने यसलाई यहाँ गर्मी मौसममा शीतल सब्जीको नामले समेत चिनिन्छ । एक दशक यता मात्र बिक्रि बितरण हुन थालेको सजिबन माग बढ्न थालेपछी व्यवस्थित रुपमै खेती समेत गर्न थालिएको ध.न.पा ९ मुलघाटका कृषक कमल श्रेष्ठ बताउनु हुन्छ । पानी कम भएको सुख्खा क्षेत्रमै खेती गर्न सकिन्छ । यो समुद्र सतहबाट १२०० मिटरको उचाइ सम्म खेती गर्न सकिन्छ । कृषि अभियानता जीबन राइले तयार पारेको तथ्याङ्कको आधारमा धनकुटाको तमोर र अरुण नदि आसपासको करिब १५ हजार हेक्टर क्षेत्रफलमा यसको खेती गर्न सकिन्छ ।
यसमा भिटामीन ए, बि, सी सहित क्याल्सीयम, पोटासीयम, आइरन आदी पाइन्छ । बिकसीत मुलुकले सजीवन बाट साबुन सेम्फो, क्रिम, बेकरी आइटम जुस आदी समेत उत्पादन गर्ने गरेका छन् । यसरी हुन्छ सजीवनको खेती भिडियोमा हेर्नुहोस् ।


