लंखाली कृषि परामर्श तथा तालिम केन्द्र धनकुटा १ हिलेको आयोजनामा कृषि बजार व्यवस्थापन कार्यशाला गोष्ठि तथा कृषि वस्तु सम्झौता कार्यक्रम सम्पन
धनकुटा । लंखाली कृषि परामर्श तथा तालिम केन्द्र धनकुटा १ हिलेको आयोजनामा आज कृषि बजार व्यवस्थापन कार्यशाला गोष्ठि तथा कृषि वस्तु सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा कृषि उपजको बजार व्यवस्थापनको विषयमा छलफल भएको छ ।
छलफलमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तामाङले यो संस्थाको कार्य सफलताका लागि शूभकामना दिनुभयो । संस्थाले यहाँको कृषि उपज बजारीकरण देखी पर्यटन प्रवद्र्धनको प्रयास गरेको उल्लेख गर्दै उहाँले यो लक्ष पूरा गर्न निक्कै संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो साथै यो लक्ष पूरा गर्न सफलताको शूभकामना दिनुभयो ।
कार्यक्रममा कृषकहरुले आफुहरुले कुनैपनि कृषी उपज बढी उत्पादन गरेको समयमा बजार मूल्य कम हुने र उत्पादित वस्तु कम भएको बेला बजार मूल्य बढी हुने गरेको गुनासो गरेका छन् । उनिहरुले यो समस्या समाधानका लागि सम्बन्धित पक्षले ध्यान आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै सदावाहार एग्रोमार्ट सञ्चालक सुवास राईले एपग्रीमेन्ट वेशमा कृषी उपज किनवेच गर्दा किसान र उपभोक्तालाई मूल्यमा केही बढी फाईदा हुने वताउनुभयो । कार्यक्रमको बारेमा जानकारी गराउदै लंखाली कृषी परामर्श तथा तालिम केन्द्रका कार्यक्रम संयोजक एवम् कृषी अभियान्ता जीवन प्रसाद राईले हाल आफुहरु सामाजिक कृषी उद्यमशिलताको अभ्यासमा रहेको वताउनुभयो ।
यही क्रममा आफुहरुले यहाँका ५ घरमा १९ वेड क्षामताको होमस्टे सञ्चालन गरिरहेको वताउनुभयो । यहाँको होमस्टेमा नेपालमा उत्पादन हुने जातिपनि जातका धान छन् ती जातका चालमलको खाना आगन्तुकको माग अनुसार खुवाउन सक्ने गरिको व्यवस्था गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो । करिब १ महिना देखी आफुले पनि होम स्टे सञ्चालन गर्न थालेको धनकुटा १ हिले पुच्चछरका घनेन्द्र बहादुर घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो कुनैपनि ठाउँमा कसैले केही राम्रो काम गर्ने प्रयास गर्छ भने त्यसलाई हामीले सघाउ पुर्याउनु पर्छ भनेर हामीले पनि होम स्टे चलाएका हौ ।
त्यस्तै फुल खेती,लोकल कुखुरा पालन व्यवसायलाई अघि वढाउने लक्षका साथ यहाँका स्थानियहरु सँग छलफल भईरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा किराँत राई जातीको चण्डी, तामाङ जातीको सेलो गीतमा साँस्कृतीक नृत्य समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा पाख्रीवास २ का युवा कृषक पदम खपांगी मगर,प्रतिक्षा कृषी तथा पशुपंक्षी फर्म भोजपुरका सञ्चालक हरिकुमार श्रेष्ठ,यलम्बर सा कोष भोजपुरका अध्यक्ष शुक्र राई लगायतले आ-आफ्नो धारणा राखेका थिए ।


