ढकमक्क फुलेको शिरिषको फूल

सुनसरीको इनरुवास्थित जिल्ला अस्पताल परिसरमा ढकमक्क फुलेको शिरिषको फूल । तस्बिर ः नवीन गड्तौला/रासस

गर्मीसँगै बढेसँगै कोलुङ झरना पुग्ने बढे
उर्लाबारी, १३ (रासस) :गर्मी बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको सिमामा रहेको “कोलुङ झरना” हेर्न वरपर क्षेत्रका मानिसको भीड बढेको छ ।

पूर्व–पश्चिम राजमार्गको उर्लाबारी मङ्गलबारेबाट करिब ३० मिनेटको गाडीको यात्रा तय गरेपछि चुरे पहाडको काखमा रहेको मिक्लाजुङ–५ को साम्लिङ पुगिन्छ । त्यहाँबाट करिव दुई सय मिटर ओरालो झरेपछि तेली खोलाको किनारमा सवारी साधन रोकेर करिव आधा घण्टा बाटो छिचोल्दै चुरे पहाडको कोखमा रहेको यो झरना पुगिन्छ । छङछङ गर्दै निरन्तर बगिरहेको कोलुङ झरना पुग्दा शरीरको सबै थकान मेटिएर मानिसको मुखबाट निस्कने एउटै बोली हो आहा !

पाँचथर र मोरङको सिमाना रहेको मिक्लाजुङ डाँडाको कोखबाट मिक्लाजुङ गाउँपालिका–१ जौँ बारीहुँदै पहाडी चट्टानमा लुकामारी खेल्दै बग्दै आएको तेली खोलाको चिसो पानी मिक्लाजुङ–५ र लेटाङ नगरपालिका–८ को सिमानामा पर्ने स्थनामा करिब ५० फिट माथिबाट झरेको छ ।

उर्लाबारीबाट यो झरना हेर्न आउनुभएका किरण खड्का भन्नुहुन्छ, “भरना हेर्न र मनोरञ्जन लिन मानिस धनकुटाको नमस्ते, तेह्रथुमको ह्यात्रुङ झरना जान्छन् तर नजिकैको यो भने चर्चामा छैन् । यो झरनाको प्रचारप्रसार हुन सके टाढा जान पर्दैन ।” खड्काको जस्तै अनुभूति मोरङ पथरीका सन्तोष राईको पनि छ । राई भन्नुहुन्छ, “ पहिलो पटक यहाँ आउँदा झरनाबाट आउने शीतल पानीको छिटा र चिसो हावाको स्पर्शले आफूलाई स्वर्गमै पुगेको आभास भएको छ ।”

विशेष गरी राई समुदायले परम्परागत रुपमा बोल्दै आएको भाषाका आधारमा यस झरनाको नामकरण भएको मिक्लाजुङ–५ का वडाध्यक्ष मेघनाथ तामाङ बताउनुहुन्छ । राई समुदायले बोल्ने भाषामा कोलुङ भनेकोे चट्टान (पथ्थर) हो । यो भरना पनि ठूलठूला चट्टानको कोखबाट झर्ने भएकाले सोही अनुसार झरनाको नामकरण भएको तामाङले बताउनुभयो ।

मोरङको पर्यटकीय क्षेत्रमा विराट राजाको दरबार, धनपाल गढी, राजारानी पोखरी, राजा धनपाल थान, सुनबर्षी पोखरी, बागझोडा, सप्तकन्या गुफा, महादेव–पार्वती गुफा, मिक्लाजुङडाँडा, हरिश्चन्द्र गढी, हसिनी सिमसार, मण्ठपोखरी, ध्वजेडाँडा, बेतेनी ताल, बेतौना सिमसारसहित १५ वटा क्षेत्र समावेश छन् । “ तापनि यो झरना पर्यटकीय क्षेत्रमा समावेश हुन नसक्दा यो क्षेत्रको विकास र प्रर्वद्धनमा टेवा पुग्न सकेको छैन्, यसमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्छ”, वडाअध्यक्ष तामाङ भन्नुहुन्छ ।

कोशी प्रदेशको राजधानी विराटनगरदेखि पूर्व उत्तरमा रहेको यो भरना पुग्न त्यहाँबाट करिब ५० किलोमिटर पूर्वको उर्लाबारी मङ्गलबारे पुगेर त्यहाँबाट लगभग १२ किलोमिटर उत्तरको यात्रा तय गर्नुपर्छ । दुई वटा पालिकाको सिमामा परेका कारण झर्नाको प्रवद्र्धन र प्रचारप्रसार कस्ले गर्ने भन्नेमा अन्योल भएकाले पनि झर्नाको विकास र संरक्षणमा असर परिरहेको मिक्लाजुङ–५ का वडा सदस्य भीमप्रसाद राई बताउनुहुन्छ । राईले भन्नुभयो, “ अघिल्लो प्रदेश सरकारकाका पालामा विनियोजन भएको ५० लाख रुपैया फ्रिज भएर गयो, झरनाको विकास र संरक्षणका लागि मिक्लाजुङ गाउपालिका र लेटाङ नगरपालिकाले स्पष्ट सिमा निर्धारण गरी नीति बनाएर अघि बढ्न नसके यो सधैँ ओझेलमा परिरहने छ ।”—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖