सलल नारायणी…

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकैबाट देखिएको नारायणी नदी । लगातार खडेरीले गर्दा आजकाल नदीमा पानीको बहाव ह्वात्तै घटेको छ । वर्षा याममा नारायणी नदी उर्लेर चितवन र नवलपरासीका कतिपय बस्तीमा समेत पस्ने गर्दछ । तस्बिर ः सनद अधिकारी/रासस

प्रेस युनियन रुपन्देहीमा नेपाल
लुम्बिनी, ३० वैशाख (रासस) :
नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कवीन्द्र नेपाल चयन हुनुभएको छ । युनियनको शुक्रबार सम्पन्न २१औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई चयन गरेको छ । यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव तथा भुवन जिसी सह–कोषाध्यक्ष चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यमा ललित पाण्डे, माधव पौडेल, तिर्सना पन्थी, सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पान्डे, ललिता घिमिरे, सिर्जना भट्टराई, मिठु खान, जयस महमद खान र ज्ञानकुमारी विक निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन समारोमा विभिन्न शीर्षकका पुरस्कारले अग्रजहरुलाई सम्मान गरिएको थियो । जिपी कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष तथा प्रेस युनियन रुपन्देहीका पूर्वसभापति रामराज पोखरेललाई सम्मान गरिएको छ ।

यसैगरी वर्ष २०७९ का लागि सोही शीर्षकको पुरस्कार पत्रकार भवानीप्रसाद पाण्डेलाई प्रदान गरियो । उक्त पुरस्कार रु २५ हजार राशिको रहेको छ । यसैगरी टोप सुशीला शिक्षा पत्रकारिता पुरस्कारबाट रु २० हजार राशिसहित पत्रकार माधव नेपाल सम्मानित हुनुभएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।