धनकुटामा यसरी मनाइयो वट सावित्री (बरसाइत)पर्व
धनकुटा । आज शुक्रबार विभिन्न स्थानका विवाहित महिलाहरुले वट सावित्री (बरसाइत)पर्व निष्ठाका साथ मनाएका छन् ।
जेठ महिनाको अमावश्या तीथिका दिन महिलाहरुले व्रत बसेर विशेष विधानका साथ वरको रुखको पूजा गर्दै यो पर्व मनाउने गर्दछन् । यही अवसरमा धनकुटामा पनि कतिपय विवाहित महिलाले वरको रुखको पूजा गर्दै यो पर्व मनाएका छन् ।
आफ्नो श्रीमानको सु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै आजको दिन वरको रुखको पूजाआराधना गरिने महिलाहरुको भनाई छ ।



(धनकुटा नगरपालिका ७ परिचयमोड स्थितको वरको रुखमा पूजा गर्दै महिलाहरु)


