धनकुटालाई संघिय सरकारबाट २ अर्ब ७० करोड ३१ लाख रुपैयाँ बजेट,कुन पालिकालाई कत्ति ?
धनकुटा १७ जेठ, आगामी आर्थिक वर्ष २०८०र ८१ का लागि धनकुटाका ७ स्थानिय तहले संघिय सरकार बाट २ अर्ब ७० करोड ३१ लाख रुपैयाँ बजेट प्राप्त गर्ने भएका छन् ।
सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान स्थानीय तहलाई हस्तान्तरण गर्छ ।
जेठ १५ गते अर्थमन्त्री डा। प्रकाश शरण महतले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र ८१ को बजेटमा जिल्लाका ७ स्थानीय तह लाई संघीय सरकारले २ अर्ब ७० करोड ३१ लाख बजेट विनियोजन गरेको हो ।
जस मध्ये धनकुटा नगरपालिकाका लागि ५६ करोड ४ लाख, पाख्रिवास नगरपालिकाका लागि ३५ करोड १७ लाख, महालक्ष्मी नगरपालिकाका लागि ४५ करोड ३३ लाख, शहिदभूमी गाउँपालिकाका लागि ३१ करोड ९१ लाख, चौबिसे गाउँपालिकाका लागि ३४ करोड ४८ लाख, छथरजोरपाटी गाउँपालिकाका लागि ३१ करोड ३३ लाख र साँगुरीगढी गाउँपालिकाका लागि ३६ करोड १४ लाख रुपैँया विनियोजन भएको छ ।


