के एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो?

काठमाडौं। झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ ।

विमानस्थलबाट चेकजाँच र भन्सार पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेपछि दुवै निकायको चर्को आलोचना भइरहेका बेला दुवै निकायका प्रमुख भने बिदामा बसेको पाइएको हो ।

अहिले विमानस्थल भन्सार कार्यालयका प्रमुखमा सहसचिव अरुण पोखरेल छन् । उनी १७ असारदेखि बिदामा छन् । उनले १७ भदौसम्मका लागि बिदा स्वीकृत गराएका छन् ।

ढाडमा समस्या आएको भन्दै दुई महिना लामो बिदामा बसेका पोखरेलले बिदाको जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महत र भन्सार विभागको महानिर्देशकलाई पनि गराएका थिए ।

यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुखमा बिदामा थिए भन्सार र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुनचन्द ठकुरी छन् । उनी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको छ ।

उनी बिदामा बसेकै दिन राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो । उनले मंगलबारबाट लागू हुनेगरी उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट एकसाता लामो बिदा स्वीकृत गराएका थिए ।

उनी अब आगामी मंगलबार मात्रै कार्यालय उपस्थित हुनेछन्। उता, भन्सार विभागका अधिकृत सन्तोष चन्द र नासु कुमार ढकाललाई बिहीबार निलम्बनको सिफारिस भइसकेको छ। राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।