धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले नवलपुर स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने

नवलपुर : भारतको प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले नवलपुर स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् । ‘हनुमन्त कथावाचन’मा प्रवेशको लागि अनलाइन पास इन्ट्री पास भर्नु पर्ने भएको छ।

कार्यक्रम प्रवेशको लागि अनलाइन पास भरेपछि मात्र भक्तजन र सर्वसाधारणले भाग लिन पाउने चौधरी ग्रुपका प्रवन्ध निर्देशक वरुण चौधरीले जानकारी दिए । चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाममा नेपाल सहित भारतीय हिन्दु धर्मावलम्बीको आकर्षणका रुपमा रहेको छ ।

आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले भदौ २ गतेदेखि ४ गतेसम्म ( अगष्ट १८ तारिख देखि २२ तारिख ) नेपालको शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको हो । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले भदौ २ गतेदेखि ४ गतेसम्म ( अगष्ट १८ तारिख देखि २२ तारिख ) नेपालको शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको हो । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

भदौ १ गते काठमाडौंमा पशुपतिनाथको दर्शन गर्नुका साथै पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने कार्यक्रम छ । त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्नेछन ।

धर्मगुरु बागेश्वर धाम बाबाले तिन दिन हनुमन्त कथावाचन गर्ने कार्यक्रम तय गरिएको चौधरीले बताए। चौधरी ग्रुप एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकार शाश्वतधाममा हनुमन्त कथावाचन गर्न आउन लागेको ग्रुपले जनाएको छ । धर्मगुरु बागेश्वर धाम बाबाले तिन दिन हनुमन्त कथावाचन गर्ने कार्यक्रम तय गरिएको चौधरीले बताए। कार्यक्रमबाट गण्डकी प्रदेशको पर्यटनमा वृद्धि हुने उनले बताए ।

छिमेकि देश भारतका एक विशेष व्यक्तिको रुपमा परिचित एवं विश्वभर लाखौँ संख्यामा अनुयायीहरु भएका उनको कथावाचनमा करिव पन्ध्र हजार भन्दा बढि भत्तजनको उपस्थिति हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।