पेसीकै दिन आइतबार सन्दीप लामिछाने पाकिस्तान जाने

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन्। उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो। सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले सन्दीपलाई आइतबार बेलुका पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेका छन्।

आइतबार मुद्दाको पेसी तोकिएको छ। तर आठौं नम्बरमा भएकाले सुनुवाइको पालो आउने सम्भावना कम छ। सुनुवाइ भए पनि त्यसै दिन बहस सकिँदैन। यसअघि पनि न्यायाधीशले एकै दिनमा सुनुवाइ नसकिने भएकाले हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइने जनाएका थिए। यसपटक पनि त्यस्तै हुने सम्भावना देखिएकाले सन्दीपलाई पाकिस्तान पठाउने तयारी गरिएको हो। यसअघि जिल्ला अदालतमा पेसी तोकिए पनि न्यायाधीशले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीकी आमाको उमेर विवादित देखिएकाले एकिन गर्न आदेश दिएका थिए।

पर्साको नारायणी अस्पतालले किशोरी र उनकी आमाको जन्ममिति प्रमाणित गरेर पठाइसकेको छ। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन्। सन्दीप भने मुद्दाको सुनुवाइको पेसी रहेकैले टोलीसँग पाकिस्तान गएका थिएनन्। तर आइतबार पनि सुनुवाइ नभए एसियाकप पछि मात्रै पेसी तोक्न सन्दीप पक्षले निवेदन दिने छ। यसअघि विश्वकप छनोटका क्रममा पनि सन्दीप जिम्बावे जाँदा सुनुवाइ पछि धकेलिएको थियो। सन्दीप टोलीभन्दा पछि त्यहाँ पुगेका थिए।

एसियाकपको उद्घाटन खेल भदौ १३ गते पाकिस्तान र नेपालबीच मुल्तान क्रिकेट स्टेडियममा हुनेछ। त्यसपछि भारतविरुद्ध खेल्न नेपाल श्रीलंका प्रस्थान गर्नेछ। भारत र नेपालबीचको खेल भदौ १८ गते हुनेछ। समूहका तीन टोलीमध्ये दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन्। तर एसियाकप खेल्नुअघि नै नेपालले पाकिस्तानमा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।