सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ

सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुदामाईका ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीयाका २१ वर्षीय उमेशकुमार यादव रहेका छन् ।उनीहरूले विभिन्न बहानामा ४९ लाख ९५ हजार रुपैयाँ ठगी गरेका साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक प्रवक्ता पशुपतिकुमार रायका अनुसार उनीहरूलाई ललितपुरको कुपण्डोल मिङ्गालबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट ७ वटा मोबाइल, १८३ थान सिमकार्ड, १२ थान एटीम कार्ड, राउटर १ थान बरामद भएको ब्यूरोले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖