मलेसियामा अस्ताए पाख्रीबासका गम्भिरजंग थापा

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाका एक ब्यक्तिको मलेसियामा निधन भएको छ ।

पाख्रीबास नपा वडा नं ७ मा स्थायी घर भइ हाल बेलबारीको गोठगाउंमा बसोबास गर्दै आएका गम्भिरजंग थापाको निधन भएको हो ।

मृतक थापा नेपाली सेनाबाट अवकास प्राप्त गरेर करिब २ महिना अगाडि मात्र रोजगारीको सिलसिलामा मलेसिया गएको र २३ अगस्तको दिन राती सुतेपछि श्वासप्रश्वासमा समस्या आएर वहांको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको र नेपाल स्थित वहांलाई पठाउने मेनपावर कम्पनीसंग शवलाई नेपाल ल्याउने बारेमा छलफल भइरहेको जनाएको छ ।

मृतक थापाको परिवारमा बुबा,आमा,श्रीमति, १ छोरा र २ छोरी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।