चितवनकी पूर्णमायाले भनिन्- कानूनी प्रकृयामा गइसकेँ भीम उपाध्यायलाई माफी दिएको छैन

चितवन । पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकबाट भरतपुर १६, चितवनकी पूर्णमाया गुरुङसँग कुरा मिलिसकेको बताएपनि गुरुङले भने आफू कानूनी प्रकृयामा गइसकेकोले उपाध्यायले गरेको गाली बेइज्जतीको उपचार कानूनबाटै खोजिने बताएकी छन् ।

उनले आफूले बिना अपराध सामाजिक सञ्जालबाट खेपेको गाली बेइज्जती बिरुद्ध प्रहरीमा गइसकेपछि कसैले जबरजस्ती उजुरी फिर्ता गर भनेर नहुने बताएकी हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै गुरुङले भनिन्,‘मैले सामाजिक सञ्जालको त्यो पोष्टमा म धरानको होइन र मैले गोरुको मासु खाएको होइन भनेर पटक पटक भनेँ । पोष्ट हटाउन अनुरोध गरेँ । तर, वास्ता भएन । अब कानूनी प्रकृयामा गइसकेको छु । मैले होइन निर्णय कानूनले नै गर्छ ।

उनले उपाध्यायलाई फोन नगर्नु भनेर पटक पटक बताउँदा पनि हैरान गरेपछि उनको नम्बर नै ब्लक गरिदिएको पनि बताइन् । आफ्नो सामाजिक बेइज्जतीको पीडा एक फोन कलबाट सरी भनेर नभरिने भएकोले उनले सामाजिक सञ्जालमा भनेजस्तो माफी नदिएको जानकारी दिइन् ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले पनि हिजो साइबर अपराधमा उजुरी दर्ता भइसकेको र अनुसन्धान प्रकृयामा प्रहरी गइसकेको जानकारी दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖