साहित्यकार तुल्सी थापाको निधन

हेटौँडा । नाटक, कविता तथा कथाको क्षेत्र मार्फत राष्ट्रिय स्तरमा ख्याती कमाएका साहित्यकार तुल्सी थापाको निधन भएको छ । मकवानपुरको हेटौँडा निवासी ७८ वर्षीय थापाको चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

मुटु, मधुमेह सहितको समस्या भएको थापा केहिदिनबाट निमोनियाको उपचारको क्रममा भरतपुरमा थिए । थापाको शुक्रबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

नेपाली कविताको क्षेत्रमा ‘दाना कविता’ को सुरुवात गरेका थापाले दाना कविता संग्रह अन्तर्गत २०५८ सालामा ‘एक निमेष अनन्तको’ प्रकाशन गरेका थिए । कवितासँगै नाटक तथा कथा विधामा समेत राम्रो दख्खल राख्ने थापाको ‘अमरसिंहको खोजिमा’ नाटक संग्रह निकै चर्चित नाटक संग्रह हो ।

उक्त नाटक देशभरका नाटकघरमा मञ्चन भैसकेको छ । यस बाहेक उनले २०७२ सालमा ‘फरक आकाश’ कथा संग्रह समेत प्रकाशित गरेका थिए ।

२०४४ सालमानै गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित थपाले अन्य विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए । उनको पार्थिव शरिरलाई आजै हेटौँडा ल्याएर अन्तिम संकार गर्ने तयारी भएको पारिवारिक श्रोतको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।