थापा झण्डै दुई वर्षपछि पूनः राजसंस्थाको एजेण्डा बोकेर अघि

काठमाडौं, ८ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापा झण्डै दुई वर्षपछि पूनः राजसंस्थाको एजेण्डा बोकेर अघि बढेका छन् । राप्रपामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले महाधिवेशनको मुखमै पत्रकार सम्मेलन गरेर आफूलाई निर्मल निवासले हराएको गम्भीर आरोप लगाएका थिए । थापाले राप्रपा परित्याग गर्दै राप्रपा नेपाललाई सक्रिय बनाएका थिए ।

त्यतिमात्रै होईन थापाले राजसंस्थाको एजेण्डा नै छोडेको घोषणा गरे । र, गणतन्त्रको एजेण्डा आत्मसात गरेका थिए । तर, पछिल्लो समय राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि घेराबन्दी हुन थालेपछि भने उनी पूनः राप्रपामा नै फर्कनेगरि राजसंस्थाको एजेण्डामा फर्किएका हुन् ।

यो बीचमा थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि सम्बन्ध सुधारेको उनीनिकट नेताहरुको दाबी छ । पार्टीको हालैको केन्द्रीय समितिको बैठकमा दस्तावेज सार्वजनिक गर्दै उनले अबको गन्तव्य समृद्ध हिन्दू अधिराज्य भनेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।