ललिता निवास : संगठित अपराधमा मुद्दा नचलाउने सरकारी वकिलको निर्णय
१० भदौ, काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ ।
कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारबाही गर्ने मागदावी लिएको हो ।


