ललितानिवास प्रकरण : माधव-बाबुरामको मुद्दा खुला राखियो, खुल्न आएका बखत दर्ता हुने

सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अनुसन्धानमा खुल्न आएका बखत मुद्दा गर्ने गरी प्रतिवादी नबनाएको दाबी गरेको छ ।

जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्रीले ‘पछि थप अनुसन्धानले खुलिआएका बखत पेश गर्ने’ भनेर प्रतिवादी नबनाएको बताए । ‘पूर्वप्रधानमन्त्रीहरू र अन्य प्रतिवादी नभएकाहरूको हकमा मुद्दा खुल्ला राखिएको छ,’ खत्रीले लोकान्तरसँग भने ।

पूर्वप्रधानमन्त्रीद्वयलाई अनुसन्धानको दायरामा नल्याइएको भन्दै व्यापक आलोचना भएपछि सीआईबीले अन्तिम समयमा उनीहरूको घरमै पुगेर बयान कागज गरेको थियो । सीआईबीले दुवै जनालाई प्रतिवादी बनाउन समेत सिफारिस गरेको थिएन ।

प्रकरणमा ४ पूर्वमन्त्री तथा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत समेत २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सञ्जय साहलाई प्रतिवादी बनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖