नेपाल रेडक्रस सोसाइटी हिले उपशाखा धनकुटाले ६१ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने

धनकुटा । नेपाल रेडक्रस सोसाइटी हिले उपशाखा धनकुटाले ६१ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी हिले उपशाखा धनकुटाको आज बसेको बैठकले भदौ १९ गते ६१ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी हिले उपशाखाका सभापति चन्द्र कृष्ण ठकुरीले जानकारी दिनु भएको छ ।

बैठकमा रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । आर्थिक, प्रचारप्रसार, मन्च व्यवस्थापन लगायतको उपसमिति गठन गरेर जीम्मेवारी दिएको सभापति ठकुरीले बताउनु भयो । बैठकमा वडा अध्यक्ष वाङ्द तामाङ,हिलेबजार व्यवस्थापन समिति अध्यक्ष लालचन गोङ्वा, नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला उपसभापति ठगेन्द्र अधीकारी ,समाजसेवि वुद्धिजिवी नकुल राई लगायत शाखाको पदाधीकारी सदस्यहरुको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।