एक हजार ७ सय ७३ जनाको उपचार गर्दै धनकुटामा वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर सम्पन्न
धनकुटा, १३ अशोज । धनकुटामा अस्पतालमा संचालन भैरहेको निशुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर १७७३ जनाको उपचार गर्दै आज सम्पन्न भयो ।
धनकुटा अस्पतालमा १२ दिन सम्म संचालन भैरहेको वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर २२ सय ४९ जनाले नाम दर्ता गरेकोमा १७ सय ७३ जनाको उपचार भएकोमा स्क्रिनिङ्ग ९ सय २३ जनाको भएको जटिल शल्यक्रिया १ सय ४७ जनाको र माईनर २ सय ७ जनाको पायल्सको शल्यक्रिया २सय ७९ जनाको र दातको उपचार ५६६ जनाको उपचार भएको र ५ जनालाई क्रितिम हात जडान गरेको शिविर संचालन सचिवालय समितिका सदस्य तथा सूचना अधिकारी विजय सन्तोषी राईले वताउनु भयो ।
अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर,डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाण्डौ र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर पितको पत्थरी,पाठेघर,हर्निया,हाइडोशिल,पायन्स,थाईराड ,गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिरहनु भएको मुल आयोजक सचिवालय समितिका सयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।
वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतमा भएको समापन कार्यक्रममा संविधान सभाका सदस्य वरिष्ठ समाजसेवी मनोहर नारायण श्रेष्ठ,पूर्व मन्त्री तथा राष्टपतीका सल्लाहकार सुनिल वहादुर थापा,संविधान सभा सदस्य लिला सुब्बा,प्रमुख जिल्ला अधिकारी पुण्य विक्रयम पौडेल, प्रदेश सभाका पूर्व सदस्य कुसुम कुमारी श्रेष्ठ,सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान ,भीमदल गणका कर्णेल सुमन थापा,सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका डि एस पी सुदन भारती ,जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी राज महर्जन,सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान,धनकुटा अस्पतालका प्रमुख डां अमिताप ठाकुर ,पूर्व डि आई जी दिनेश अमात्य लगायतले अलहोवा मेडिकल मिसन हवाई अमेरिकाबाट आउनु भएका टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर,डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाण्डौ र धनकुटाका स्वास्थ्यकर्मीहरुले प्रशंसा पत्र र मायाको चिनो र किताव प्रदान गर्नु भएको थियो ।
समापन कार्यक्रममा प्रमुख अथिति संविधान सभा सदस्य वरिष्ठ समाजसेवी मनोहर नारायण श्रेष्ठले वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर गरिव असाहय र पहुच विहिनहरुको लागी जिवनदान भएको वताउनु भयो ।


