राष्ट्रिय सहकारी बैंकको धनकुटामा छलफल कार्यक्रम
धनकुटा,२८ मंसिर । राष्ट्रिय सहकारी बैंकको २० औं बार्षिक साधारण सभाको पूर्व तयारी अन्र्तगत धनकुटामा सहकारी बैंक संग आबद्ध संस्था तथा व्यातिmहरु संग अन्र्तकृया तथा छलफल गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक धनकुटा शाखाद्धरा आयोजनाद्धरा गरिएको छलफल कार्यक्रममा पछिल्लो समय नेपालको बित्तिय क्षेत्रमा देखिएका समस्या र त्यसले साना तथा ठूला सहकारीमा देखिएका समस्या, सहकारी क्षेत्रमा रहेका संभावना, चुनौती लगायतका बिषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोख्रेलले सहकारी मार्फत समाजको आर्थिक विकासका लागि संभावाना धेरै रहेकोले इमान्दारी पूर्व सहकारी अभियान लाई अगाडी बढाउनु पर्ने र त्यसले मात्र सबै पक्ष लाई राम्रो गर्ने बताउँनु भयो ।
पछिल्लो समय सहकारी क्षेत्र लाई सुनियोजित तरिका बाट बदना गराउन खोजिएको भन्दै पोख्रेलले त्यस्ता हल्लाको पछि नलाग्न समेत सहकारी अभियान्ताहरु लाई आग्रह गर्नु भयो । त्यस्तै जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले सहकारी अभियान व्यावस्थीत र सुरक्षित बनाउँदै लैजानु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै सहभागिहरुले सहकारी क्षेत्रमा देखिएका समस्या लाई समाधान गर्दै र नितीगत व्यावस्था लाई सुधारका लागि सबैले पहल कदमी लिनु पर्ने बताउनु भएको थियो ।


