उत्पादनशील क्षेत्रमा मात्र ऋण लगानी गर्नुपर्ने : जिसस धनकुटाका प्रमुख निरेन तामाङ
धनकुटा,चैत २१ । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले उत्पादनशील क्षेत्रमा मात्र ऋण लगानी गर्नुपर्ने बताउनु भएको छ । मेरो माईक्रो फाईनाईन्स लघुवित्त वत्तीय संस्था लि.द्धारा आज हिलेमा आयोजित वार्षिक केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता अभिवृद्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
उत्पादनशिल क्षेत्रमा लगानी नगरे अनेक समस्या निम्तिने भन्दै उहाँले ऋणको सही सदुपयोग गर्न सके मानिसको जीवन स्तरमा सुधार हुने र देशको आर्थिक उन्नतीमा सघाउ पुग्ने उल्लेख गर्नुभयो । जसका लागि वित्तीय तथा सरोकारवालाहरुले अनुगमनको कामलाई ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
ऋण चलाउन नजान्दा कतिपयले ज्यान समेत गुमाउनु पर्ने अवस्थाको र्सिजना हुने गरेको भन्दै उहाँले यस्तो नहोस् भन्नका लागि लगानी कर्ता र ऋण लिने दुवैले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा अनुमन कार्यलय वालग्रामका अनुगमन अधिकृत रविन्द्र प्रसाद कडेलले संस्थाको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै मेरो माईक्रो फाईनाईन्स लघुवित्त वत्तीय संस्था लि. शाखा कार्यलय हिलेका शाखा प्रबन्धक रेमन कुमार कार्कीले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत विवरण अनुसार हाल यो संस्थाले जिल्लाको पाख्रीवास र धनकुटा नगरपालिकामा काम गरिरहेको छ । त्यस्तै ६८ केन्द्र निर्माण तथा १ सय ४२ समूह संख्या रहेका छन् भने संस्थाले ६ करोड ३० लाख बराबरको कर्जा लगानी गरेको कार्यक्रममा जानकारी दिईएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथीहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो । स्वागत मन्तव्य संस्थाका लिलराज ठकुरीले राख्नुभएको थियो भने कार्यक्रमको संचालन ईन्द्र् बहादुर खडकाले गर्नु भएको थियो ।


