१२ औं रारा कपको उद्घाटन खेलमा आयोजकलाई हराउँदै सुनसरी सेमी फाईनलमा प्रवेश

देव याखा/बैसाख ३०,(चौबिसे) धनकुटा । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा १२ औं रारा गोल्डकप फटबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ ।

उत्घाटन खेल ४–० को अन्तरले आयोजक राजारानी फटबल क्लव राजारानीलाई हराउँदै गोल्डेन युथ क्लव सुनसरी बिजयी भएको छ ।
आयोजकलाई हराउन सुनसरीले खेल अघि १ गोल र खेलको हाप पछि लगातार ३ गोल गरेको थियो ।

जितका लागि सुनसरीका जर्सी नं.९ का हेमन लिम्बूले खेलको ४५ मिनेटमा पहिलो गोल गर्नुभएको थियो ।

त्यस्तै खेलको दोस्रो हाफकामा जर्सी नं. १४ का अबिसेक गुरुङले ६२ मिनेटमा,८५ मिनेटमा जर्सी नं.८ का उमेश कार्की र जर्सी नं.३० का निवास खुबेलले ८६ मिनेटमा सुनसरीका लागि गोल गर्नुभएको थियो ।

खेल अवधिको म्यान आफ द म्याच बिजेता टोलीका हेमन लिम्बू हुनभयो । उहाँलाई नगद ७ हजार ५ सय सहित ट्रफी प्रदान गरिएको थियो ।
खलको उत्घाटन पालिका अध्यक्ष चेम्जोङ र आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले गर्नुभएको थियो ।

आज हुने दोस्रो क्वाटर फाईनल खेल एलएक्स सीटी मोरङ र यूनाइटेड,डाडाबजार फूटबल क्लब धनकुटा बीच हुने आयोजक संस्थाका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।

जेठ ४ गते सम्म स्थानीय पूण्य मा.बि.को खेल मैदानमा हुने प्रतियोगितामा ८ वटा फुटबल टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सहलेस फुटबल क्लब सिरहा, चर्च ब्वाइज यूनाइटेड, बागमती यूथक्लव सर्लाही, गोल्डेन स्टार सुनसरी, एलएक्स सीटी मोरङ, बिर्तामोड यूनाइटेड,डाडाबजार फूटबल क्लब र आयोजक टोलिले प्रतिस्पर्धा गर्नेछन् ।

गत बर्ष ११ औं संस्करणमा प्रथम पुरस्कार ५ लाख र दोस्रो २ लाख ५० हजार राखेको राराले यो पटक भने प्रथमका लागि ७ लाख र दास्रोको लागि ३ लाख पु¥याएको छ ।

चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता अब जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता बनेको छ । (प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖