सांगुरीगढीमा सम्पन्न सृजनशील कप २०८२ फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमलाई

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ तातोपानीमा सम्पन्न प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगितामा आयोजक सृजनशील युवा क्लबले उपाधि हात पार्न सफल भएको छ।

गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा आयोजक टोलीले तरिटोल फुटबल क्लबलाई रोमाञ्चक खेलमा ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगिता जेष्ठ १५ गतेदेखि २० गतेसम्म सृजनशील युवा क्लबको आयोजनामा सम्पन्न भएको थियो। “युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसन र नारी हिंसा छोड” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। सम्पूर्ण खेलको लाइभ प्रसारण र तस्बिरहरू ‘मेरो गन्तव्य’ फेसबुक पेजमार्फत प्रस्तुत गरिएको थियो।

विजेता बनेको सृजनशील युवा क्लबले नगद रु. ५०,०८२, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता तरिटोल फुटबल क्लबले नगद रु. ३०,०८२, ट्रफी र मेडल प्राप्त गरेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई थप प्रोत्साहन गर्न विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिएको थियो। उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई विशेष सम्मान गरिएको छ।

स्थानीय युवालाई खेलकुदमा सक्रिय बनाउँदै सकारात्मक दिशातर्फ प्रेरित गर्न उद्देश्य लिएको यस प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूलाई आकर्षित गर्नुका साथै युवामा उत्साह थप्ने काम गरेको आयोजकले जनाएका छन्।

सृजनशील युवा क्लबले आगामी दिनमा पनि यस्तै कार्यक्रमको निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।