पिएसजीले चुम्यो युइएफए सुपर कपको उपाधी

काठमाडौं, २९ साउन । युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए सुपर कपको उपाधी हात पारेको छ।
 
पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टोटनह्यामलाई पेनाल्टीमा ४–३ ले हराएर युइएफए सुपर कप जितेको हो । पिएसजीका लागि यो बर्ष २०२५ को पाँचौं उपाधीसमेत हो । 

पिएसजे सुरूमा पछाडी परे पनि अन्तिम समयमा जवाफी दुई गोल गरेर खेललाई पेनाल्टीमा धकेलेको थियो, यो नै उसका लागि जीतका लागि अवसरको ढोका खोल्नु पुग्यो ।
 
नयाँ प्रशिक्षक थोमस फ्रान्कको नेतृत्वमा पहिलो प्रतिस्पर्धी खेलमा इटालीको उडिनेमा रहेको स्ट्याडियो फ्रिउलीमा हाफ टाइम अघि नै टोटनहमले २–० को अग्रता लिएको थियो ।

मिकी भान डे भेनले ३९ मिनेटमा गत सिजनको युरोपा लिग विजेतालाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको तीन मिनेटमा क्रिस्टियन रोमेरोले दोस्रो गोल गरेर खेललाई २–० को अग्रता दिलाउन सफल भए । 

तर, खेल सकिनु केही मिनेट अघि अर्थात ८५औं मिनेटमा ली काङ इनले गोल फर्काए र इन्जुरी टाइमको ४ मिनेटमा गोन्कालो रामोसले गोल गर्दै खेल बराबरीमा ल्याए । यसको अर्थ पेनाल्टी सुटआउट थियो ।
 
यद्यपि पेनाल्टीमा विटिन्हाले आफ्नो पहिलो किक वाइड लगाए पछि पीएसजीको लागि यो खराब सुरुवात थियो तर पेरिसका नयाँ गोलकिपर लुकास चेभालियरले टोटनह्यमका भान डे भेनको बललाई गोल हुनबाट बचाएका थिए र म्याथिस टेलले गोल गर्न सकेनन् । 
 
त्यसपछि पिएसजेका नुनो मेन्डेसले विजयी गोली गर्न सफल भए ।
 
टोटनहमका लागि डोमिनिक सोलान्के, रोड्रिगो बेन्टानकुर र पेड्रो पोरोले गोल गरे पनि व्यर्थ रहन पुग्यो तर  रामोस, ओस्मान डेम्बेले र लीले पीएसजीका लागि मेन्डेसले निर्णायक गोल गरेर उपाधी हात पार्न सफल भए ।
 
‘मलाई गर्व छ, हामीले धेरै तयारी गरेका थियौं तर तपाईले देख्न सक्नुहुन्छ कि फुटबल शारीरिक पक्ष मात्र होइन, यो मानसिक पक्ष पनि हो, सही ठाउँमा हुनु र सही रणनीति पनि हुन जरूरी छ,’ पिएसजी कप्तान मार्किनहोसले प्रसारक क्यानल प्लसलाई भने, ‘उनीहरू २–० अगाडी गएका थिए, हामी धेरै पछाडि बस्न परेको थियो तर पिएसजीलाई तपाईलाई यसरी आउन आमन्त्रित गर्नु खतरनाक थियो ।’
 
ठीक एक महिनाअघि चेल्सीसँग फिफा क्लब विश्वकपको फाइनलमा हारेको लुइस एनरिकेको टोली पिएसजेको लागि यो नयाँ अभियानको लागि उत्तम सुरुवात हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖