झापा, मोरङ र सुनसरीबाट लागु औषध ब्राउन सुगर सहित ४ जना नियन्त्रणमा

विराटनगर, पुस ०६ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस ०५ गते लागु औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी-६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १-०२-०४८ प ४४७८ नम्बरको मोटरसाईकलमा सवार कोशी गाउँपालिका-८ का २० बर्षीय मो.जईसुल र बराहक्षेत्र-५ का ३५ बर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर-५ बाट इलाम नगरपालिका-१२ का अनिल प्रधानलाई २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर सहित र झापा कचनकवल-६ का दिल कुमार राजवंशीलाई २ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी विराट चोकले सुन्दरहरैँचा-१० का नरेश उराउलाई २ ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-६ स्थितमा वेवारीसे अवस्थामा रहेको २० किलोग्राम गाँजा बरामद गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।