लेटाङमा यसरी पल्टियो गाडी
मोरंग । लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारी जाने उकालो सडकखण्डमा माथिबाट तलतर्फ आउँदै गरेको प्रदेश–३ ०१–०२२ च ३६३२ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएको छ।
दुर्घटना हुँदा गाडीमा क्षति पुगेको भए पनि मानवीय क्षति भएको छैन।
घटनापछि इलाका प्रहरी कार्यालय लेटाङको सहयोगमा अवस्था सामान्य बनाइएको छ भने दुर्घटनाको कारणबारे थप जानकारी संकलन भइरहेको छ।


