बिर्तामोडको डाइभर्सनमा मृत्यु हुने दुवै जनाको खुल्यो पहिचान

झापा । झापा बिर्तामोडको डाइभर्सनमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेहरुमा भद्रपुर वडा नं ९ बस्ने २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर वडा न.७ बस्ने २५ वर्षीय शिर्षक सुवेदी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए । यसअघि अधिकारीको ठेगाना भद्रपुर ५ बताइएको थियो ।दुवै जनाको आफन्तहरु आइसकेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

शनिबार साँझ ५ः३० बजे बिर्तामोड वडा न. ६ गिरीबन्धु टी इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा बनाइएको डाइभर्सनमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको उनीहरु चढेको मे ५ प ६२२२ नं २०० सीसीको एनएस मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

अनुहार,मुख र शरीरको बिभिन्न भागमा भित्री चोटपटक लागेर घाइते भएकाहरुलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा दुवै जनाको मृत्यु भइसकेको थियो । मृतकहरुको शव तत्काल सोही अस्पतालको शवगृहमा रहेको छ ।

मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖