अरनिको कलेजको वादविवादमा स्मृति प्रथम

विराटनगर । कोशी प्रदेशको प्रतिष्ठित शैक्षिक संस्था अरनिको कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १२ की स्मृति आचार्य प्रथम भएकी छन् ।

‘कृत्रिम बुद्धिमता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ ?’ विषयमा आयोजित प्रतियोगितामा डेढ दर्जन प्रतिस्पर्धीलाई पछि पार्दैै विपक्षमा उत्कृष्ट विचार राखेर स्मृति प्रथम भएकी हुन् । त्यस्तै समीक्षा पौडेल द्वितीय र विन्जु थापा तृतीय हुँदा मनोस साह चौथो भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकारसमेत रहेका महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक विजयहरि खतिवडा सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

कलेजका सञ्चालक भरतराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य राजेश कार्की, निर्णायकद्वय नवोदित, खतिवडा, कलेजका अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराईलगायतले विजयी विद्यार्थीलाई अविर र खादा लगाएर ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा निर्णायक खतिवडाले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा बल पुग्ने विचार राखे ।

त्यस्तै अर्का निर्णायक नवोदितले अरनिको कलेजले रुचीअनुसारका कार्यक्रम आयोजना गरेर विद्यार्थीलाई महत्वपूर्ण मञ्च उपलब्ध गराउँदै आएकोमा खुसी व्यक्त गरे । उनले पाठ्यक्रमको अध्ययनले मात्रै विद्यार्थीको भविष्य सुन्दर नहुने बताउँदै व्यवहारिक र सीपमूलक शिक्षामा समेत ध्यान दिनुपर्नेमा जोड दिए । प्राचार्य कार्कीले अरनिको कलेज अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको दाबी गरे ।

कलेजले बेलाबेला कविता, वक्तृत्व, वादविवाद, हाजिरीजवाफ, चित्रकला, गायन, नृत्य प्रतियोगितासमेत आयोजना गर्दै आएको अतिरिक्त क्रियालापका संयोजक विमल भट्टराईले जानकारी दिए । उनले प्याब्सन, हिसानलगायत विभिन्न संघसंस्थाले आयोजना गर्ने खेलकुदसँगै अन्य प्रतियोगितामा समेत कलेजका विद्यार्थीहरु पुरस्कृत हुँदै आएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖