गोली खान र जेल जान तयार छु, तर बयान दिन्नँ: केपी शर्मा ओली

काठमाडौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने स्पष्ट अडान लिएका छन्। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला उनले त्यसप्रति कडा प्रतिक्रिया दिएका हुन्।

एमालेको तेस्रोपटक अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न मा पत्रकार निमेष बन्जाडेसँगको अन्तर्वार्तामा बोल्दै ओलीले आफू बयान दिनभन्दा गोली खान र जेल जान तयार रहेको बताएका छन्। उनले जाँचबुझ आयोगको उद्देश्य र प्रक्रियामाथि प्रश्न उठाउँदै आयोगले निष्कर्ष निकालिसकेपछि पुनः बयान माग्नुको कुनै अर्थ नरहेको दाबी गरे।

सरकार पक्षबाट बयान दिन बाध्य पार्ने भाषा प्रयोग भइरहेको भन्ने प्रश्नमा ओलीले आक्रामक शैलीमा जवाफ दिए। “बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसकेको छ, जाँच दिन्न भन्ने—यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली। उहाँहरूसँग बन्दुक छ नि,” ओलीले कटाक्ष गरे।

उनले थपे, “सानातिना कुरा गरिराख्या के हो? भएन भने आजीवन थुन्दिने, बयान नगरेको बापत।”

ओलीले आयोगका सदस्यहरू बयानका लागि आफ्नै घरमा आए आफूले चिया खुवाएर पठाउने उल्लेख गर्दै भने, “मैले कति पटक भनिसकें—बयान दिनुपर्ने छैन। तपाईंहरूले रिजल्ट निकालिसक्नुभयो, फेरि म किन जाँच दिन जाने?”

यद्यपि उनले आयोगसँग पूर्ण संवाद तोड्ने भनेको नभएको स्पष्ट पारे। “यसको अर्थ म उहाँहरूसँग बोलचाल नै नगर्ने भन्ने होइन। कुराकानी हुन्छ, छलफल हुन्छ। तर बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको विषय हो,” ओलीले भने।

ओलीको यो अभिव्यक्तिले जेन–जी आन्दोलनको छानबिन, आयोगको अधिकार क्षेत्र र राजनीतिक जवाफदेहिताबारे नयाँ बहस चर्किने देखिएको छ। सरकार र आयोगले ओलीको अडानप्रति कस्तो प्रतिक्रिया जनाउने हुन् भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖