जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ ।
आइतबार दिउँसो १२;२५ बजे बिर्तामोड वडा न.६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राईफलको म्याग्जिन एक थान र मार्का थ्री राईफलको गोली–३ राउण्ड (सावुत) बेवारिसे अबस्थामा फेला परेको हो ।


