नेकपामा पाँचथरबाट मिक्सोको नाम एकल सिफारिस
पांचथर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरबाट नेकपाले हर्कबहादुर नेम्वाङ मिक्सोको एकल नाम सिफारिस गरेको हो ।
पाँचथरमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले नेम्वाङको नाम सिफारिस गरेको हो । नेम्वाङ नेकपा माओवादी केन्द्र कोशी प्रदेशको अध्यक्ष हुन् ।
पाँचथरबाट भूगोलको राजनीति गरिरहेका नेम्वाङले एकल उम्मेदवारको रूपमा आफ्नो नाम सिफारिस भएको स्वीकार गरे ।


