मोरंगको लेटाङमा भेटिएका ८२ वर्षीय वृद्धबारे जानकारी दिन प्रहरीको आग्रह
लेटाङ, ९ पुस । लेटाङ क्षेत्रमा अन्दाजी ८२ वर्षका एक वृद्ध भेटिएका छन् । नाम खडबहादुर विक रहेको बुझिए पनि उनको पूर्ण पहिचान तथा परिवारजनबारे थप जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।
प्राप्त विवरणअनुसार उनका छोराहरू दीपक विक र अमर विक रहेको अनुमान गरिएको छ भने ठेगाना ‘लेटाङ घर बताउने’ उल्लेख गरिएको छ । तर उहाँबारे स्पष्ट बसोबास र परिवारको यकिन विवरण खुलेको छैन ।
उल्लेखित विवरण भएको फोटोमा देखिएका व्यक्तिलाई कोही चिन्दुहुन्छ वा निजसँग सम्बन्धित कुनै जानकारी उपलब्ध भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीद्वारा अनुरोध गरिएको छ । साथै यस कार्यालयको कन्ट्रोल फोन नम्बर ९८५२०९११०१ मा समेत यथाशीघ्र जानकारी गराइदिन सम्बन्धित सबैमा आग्रह गरिएको छ ।-लेटांग खबर


