पथरीशनिश्चरेबाट भन्सार छली गरेर भारतदेखि भित्र्याइएका कपडा सहित म्याजिक भ्यान प्रहरी नियन्त्रणमा, चालक पक्राउ

मोरंग । भन्सार छली गरेर भारतदेखि भित्र्याइएका कपडा मोरङको पथरीशनिश्चरेबाट प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै झापाबाट पथरीतर्फ आउँदै गरेको म्याजिक भ्यानलाई नियन्त्रणमा लिएर गरिएको खानतलासीका क्रममा अवैध कपडा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार बिहीबार साँझ करिब ६ बजेतिर पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा चेकजाँचका क्रममा प्रदेश १–०२–००१ ज ४६९८ नम्बरको म्याजिक भ्यान रोकेर खानतलासी गरिएको थियो ।

खानतलासीका क्रममा भ्यानभित्र विभिन्न प्रकारका कपडा लुकाएर ल्याइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भ्यानबाट ५७ थान ज्याकेट, ३ सय ९३ थान स्वीटर, १ सय ८२ थान ट्राउजर, ४ थान जिन्स पाइन्ट, ८ थान लङकोट र ९ थान कोट बरामद गरेको छ । बरामद कपडाको बजार मूल्य ४ लाख ७० हजार ६ सय रुपैयाँ बराबर रहेको प्रहरीको अनुमान छ ।

चेकजाँचका क्रममा चालकले कपडाको कुनै पनि बिल, भन्सार कागजात वा वैधानिक प्रमाण पेस गर्न नसकेपछि कपडा भन्सार छली गरी भारतबाट ल्याइएको पत्ता लागेको हो । त्यसपछि कपडासहित भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले भ्यान चालक झापाको मेचीनगर नगरपालिका–१३ का ४३ वर्षीय कृष्णबहादुर बस्नेतलाई पक्राउ गरेको हो । बरामद कपडा, म्याजिक भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय पथरीमा थप अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।